नेभिगेशन
खेलकुद

विश्वकप क्रिकेट लिग टूः ओमानसँग नेपालको राम्रो शुरुवात

काठमाडौँ– आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टू अन्तर्गतको सिरिजमा ओमानसँग पहिले बलिङ गरिरहेको नेपालले राम्रो शुरुवात गरेको छ । खेलको पहिलो बल मै नेपालले ओमानको विकेट लिएको छ । पहिलो बलमा करण केसीले ओमानका कश्यप प्रजापतीलाई आउट गरे । अमेरिकाको ह्युस्टनमा रहेको मोसा क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले ब्याटिड रोजेपटि नेपालले पहिले बलिड गरिरहेको हो । नेपालका सुनिल धमलाले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् । लिग टु मा ओमान ३२ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १२ खेलमा १२ अंक जोड्दै छैटौं स्थानमा छ । ने पछिल्ला चार खेलमा नेपालले ओमानलाई एक पटक मात्र जित्न सकेको छ । लिग टु अन्तर्गत नै नेपालले ओमानलाई उसकै मैदानमा २०२१ को सेप्टेम्बरमा ७ विकेटले हराएको थियो । नेपालका नियमित ओपनर आसिफ शेख र कुशल भुर्तेल घाइते भएका छन् । नेपालको ओपनिङ लाइनअप सुवास खकुरेल र सुनिल धमलाले सम्हाल्ने निश्चित जस्तै छ । सिरिजको दोस्रो खेल नेपालले अमेरिकासँग पर्सि शनिबार खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानसँग आउँदो मंगलबार र अन्तिम खेलमा अमेरिकासँग जुन १५ मा खेल्नेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै