नेभिगेशन
विज्ञान प्रविधि

किसानको बाली पाकिसक्यो, सरकार मल दिन सक्दैन : गगन थापा

काठमाडौँ - सत्तारुढ नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले किसानको बाली पाक्न लाग्दा रासायनिक मल नल्याएर सरकारले कमजोरी गरेको बताएका छन् ।

विनियोजन विधेयक, २०७९ विभिन्न शीर्षकहरूमा प्रतिनिधिसभामा जारी छलफलका क्रममा बुधबार सहभागी कृषि मन्त्रालयको कार्यक्रमबारे बोल्दै कांग्रेस महामन्त्रीस मेत रहेका थापाले सरकारमाथि प्रश्न उठाएका छन् । ‘किसानको बाली पाक्न लागिसक्यो तर सरकार मल ल्याउन सक्दैन’, उनले भने, ‘अनि सीमापारी गएर दुःखले बोरामा मल ल्याएका किसानलाई लाठी र बुटले हानेर बहादुरी देखाउँछौं ।’

उनले देशमै मल कारखाना खोल्ने कुरा पनि मौसमी भएको बताएका छन् । ‘खोल्ने भए मल कारखाना खोलिहालौं, काम शुरु गरिहालौं’, उनले थपे, ‘१५ अर्बको ठेक्का लागेर पनि समय आउँदैन । पैसा पनि पुग्दैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्