नेभिगेशन
विज्ञान प्रविधि

शिशुको शव सेप्टिक ट्यांकीमा फेला, किशोरी आमा पक्राउ

दाङ - दाङमा शिशुलाई सेप्टिक ट्याँकीमा फ्याँकेर हत्या गरेको आरोपमा प्रहरीले एक १५ वर्षीया किशोरीलाई पक्राउ गरेको छ । दाङको राप्ती गाउँपालिका-३ मसुरियाकी १५ वर्षीया किशोरीले १६ दिनकी छोरीलाई सेप्टिक ट्यांकीमा फालेर हत्या गरेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

जेठ ९ गते अवैध सम्बन्धनबाट शिशुको जन्म भएपछि उनले १६ दिनसम्म दूध चुसाएर राखेकी थिइन् । दूध नआएर शिशु रुन थालेपछि उनले आवेशमा आएर सेफ्टी ट्यांकीमा फालेको बयान दिएको काफ्लेले बताएका छन् । शिशुको शव बुधबार बिहान घर पछाडि चर्पीको सेप्टिक ट्यांकीमा फेला परेको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्