नेभिगेशन
विज्ञान प्रविधि

काठमाडौँको रञ्जना गल्लीमा शव फेला

काठमाडौँ - काठमाडौं महानगरपालिका-२४ को रञ्जना सोडा गल्लीमा एक पुरुषको शव फेला परेको छ । सो स्थानमा टेकु घर भएका ३४ वर्षीय सुरेन महर्जनको शव भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

बुधबार बिहान साढे ६ बजे स्थानीयवासीले एक जना पुरुष अर्धचेत अवस्थामा देखेको भन्दै प्रहरी कन्ट्रोल १०० मा फोन गरेका थिए । लगत्तै प्रहरी टोली पुग्दा महर्जन मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटना अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्