नेभिगेशन
विज्ञान प्रविधि

अछाम घटनाका दोषीमाथि कारबाही अघि बढाउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले अछामको पञ्चदेव नगरपालिकाका विनोद शाहीको मृत्यु भएको घटनाका दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् । आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले घटनाका दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकको विशेष समयमा बोल्दै सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्यु भएको घटनाको प्रहरीले जाहेरी समेत लिन नमानेको भन्दै सभामुख सापकोटामार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख सापकोटाले सांसद बोगटीले उठाएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको सत्य तथ्य पत्ता लगाइ दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका हुन् । उनले भने, ‘माननीय सदस्यले उठाउनु भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकरषण गराउनु चाहन्छु । घटनाको सत्य तथ्य पत्ता लगाइ दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देशन गर्दछु ।’ अछामको पञ्चदेवल विनायक नगरपालिका ४ का १७ वर्षीय विनोद शाही मृत अवस्थामा भेटिएका थिए । उनी जेठ १७ गते वेपत्ता भएर गत शनिबार बिहान घरनजिकैको जंगलमा मृत भेटिएका थिए । घटनाको अनुसन्धान हुनुपर्ने भन्दै स्थानीय आन्दोलित छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्