नेभिगेशन
विज्ञान प्रविधि

हुण्डीको कारोबार गर्ने कलवार ३७ लाखसहित काठमाडौंबाट पक्राउ

काठमाडौं- काठमाडौंको टंकेश्वर कालीमाटी एरियाबाट स्रोत नखुलेको नेपाली र भारतीय रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा पचरौता न.पा.वडा नं.७ का जयकमल साह कलवार रहेका छन् । हाल काठमाडौं महानगरपालिका १३ मा बस्दै आएका कलवारलाई नेपाली रुपैया १७ लाख ६६ हजार ३ सय र भारतीय रुपैया १२ लाख ८ हजार ७ सय गरी जम्मा नेपाली रुपैया ३७ लाख २ सय २० सहित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले पक्राउ गरेको हो । गैरकानुनी रुपमा हुण्डीको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्