नेभिगेशन
विज्ञान प्रविधि

बारामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गयो

काठमाडौं - बारामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । सोमबार बाराको परवानीपुर गाउँपालिका–४ मा मोटरसाइकलको ठक्करबाट भारत घर भएकी ५५ वर्षीया गनजली देवी कोइरनीको मृत्यु भएको हो । चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००४ प ४२०० नम्बरको मोटरसाइकलले ठक्कर दिदा उनी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा बयोधा अस्पताल वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई इलाका प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्