नेभिगेशन
विज्ञान प्रविधि

काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोरमा केमिकल छर्कन थालियो, अब दुर्गन्ध नआउने

काठमाडौं - काठमाडौं उपत्यकाका सडकमा थुप्रिएका फोहोरबाट दुर्गन्ध हटाउन केमिकल छर्किन थालिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहरको दुर्गन्ध हटाउन केमिकल छर्किने घोषणा गरेको केही दिनमा नै सोमबारदेखि उपत्यकाका सडकमा थुप्रिएका फोहरमा केमिकल छर्किन थालिएको हो । आज नयाँ बानेश्वर, माइतीघरलगायतका स्थानमा केमिकल छर्किसकिएको छ । मेयर बने लगत्तै फोहर व्यवस्थापनको काममा खटिएका बालेन्द्रले फोहोर फाल्ने सिसडोल पुगेका थिए । त्यहाँ फोहर फाल्न स्थानीयले नदिएपछि काठमाडौंका विभिन्न स्थानमा फोहर थुप्रिएका थिए । सरकारले आफूहरूसँग सम्झौता कार्यान्वयन नगरेको भन्दै त्यहाँका स्थानीयले अवरोध गर्दै आएका छन् । यसैबीच छलफलको क्रममा मेयर शाहले केमिकल प्रयोग गरेर फोहोरको दुर्गन्ध कम गर्ने कुरा गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्