नेभिगेशन
जीवनयापन

रुपन्देहीको रोहिणी नदीमा रात्रिबस दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौँ– जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुबस रुपन्देहीको रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर रोहिणी नदीको पुलबाट खोलामा खसेको हो । दुर्घटनामा करिब ३ दर्जन यात्रु घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीका अनुसार अहिलेसम्म ३२ जना यात्रुलाई उद्धार गरी भैरहवास्थित भीम अस्पतालमा र युनिभर्सल शिक्षण अस्पतालमा पुर्‍याइएको छ । भीम अस्पतालमा ४ जना र युनिर्भसल शिक्षण अस्पतालमा ५ जना गरी ९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतकमध्ये एक जना महिला र अरु ८ जना पुरुष रहेका छन् । मृतक र घाइतेको सनाखत हुन बाँकी छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना