नेभिगेशन
खेलकुद

अर्जेन्टिना र इटालीको बहुप्रतिक्षित खेल आज

काठमाडौं - विश्व चर्चित फुटबल खेलाडी लियोनल मेस्सीको टिम अर्जेन्टिना र इटालीले बुधबार राती फुटवल खेल्दैछन् । खेल  इंग्ल्याण्डको वेम्वली रंगशालामा नेपाली समय अनुसार राति साढे १२ बजे शुरु हुनेछ । कोपा अमेरिकाको च्याम्पियन अर्जेन्टिनाले च्याम्पियन्स कप (फाइनालिसिमा) मा युरोकपको विजेता इटालीसँग खेल्न लागेको हो । अर्जेन्टिनाले यसअघि ब्राजिललाई पराजित गरेको थियो । यस्तै, इटालीले पनि इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद