नेभिगेशन
जीवनयापन

अस्पतालमा शव बुझ्न पुगेका भावविह्वल आफन्तहरू 

काठमाडौँ– तारा एयरको विमान दुर्घटनामा परि मृत्यु भएकाका आफन्तहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा शव बुझ्न पुगेका छन् । दुर्घटनामा ज्यान गुमाएका २२ जनामध्ये मंगलबार १२ जनाको मंगलबार शव काठमाडौँ ल्याइपुर्याँइएको हो । शव पोस्टमार्टम पछि आफन्तलाई बुझाइएको अस्पतालले जनाएको छ । १० जनाको शव सोमबार बेलुका नै आफन्तलाई बुझाइएको थियो ।  विमान आइतबार पोखराबाट जोमसोम जाने क्रममा मुस्ताङमा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीनजना सहित २२ जना यात्रु थिए । दुर्घटनामा सबैको मृत्यु भएको हो । आफन्तहरू शव बुझ्न अस्पताल पुग्दा भावविह्वल बनेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना