नेभिगेशन
समाचार

धादिङमा माओवादी र काँग्रेस कार्यकर्ताबीच झडप हुँदा २७ घाइते

धादिङ- नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर ६ देउरालीछाप भन्ने स्थानमा माओवादी र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप हुँदा २७ जना घाइते  हुनुका साथै एक जना बेपत्ता भएका छन् । गएराती भएको झडपमा परी घाइते भएकाहरुमध्ये २१ जना नेपाली काँग्रेस र अन्य नेकपा माओवादी केन्द्रका कार्यकर्ता रहेका छन् । बेपत्ता हुने सुनौला बजार निवासी धनबहादुर मग्राती रहेको सुनौला बजार प्रहरीले जनाएको छ । बेपत्ताको खोजी पनि भईरहेको प्रहरीको भनाइ छ । घाइतेहरुको जिल्ला अस्पताल धादिङ र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भईरहेको जनाईएको छ । जिल्ला अस्पतालमा उपचारका लागी ल्याईएका घाईतेहरुमध्ये अधिकांशको टाउकोमा चोट लागेको छ भने हातखुट्टा भाँचिएको छ । घाइते हुनेमा नेपाली काँग्रेसको तर्फबाट वडा नम्वर ५ का उमेद्वार भुपेन्द्र श्रेष्ठ समेत गम्भिर घाईते भएका छन् । श्रेष्ठको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने गम्भिर घाईते र टाउकोमा चोट लागेका घाईते चार जनाको अवस्था गम्भिर भएकाले थप उपचारका लागि काठमाण्डौं लगिएको बताइएको छ । उनिहरुलाई भोर्ले भन्ने गाउँबाट सुनौला बजार घर फर्कने क्रममा माओवादीका कार्यकर्ताहरुले बाटो छेकेर आक्रमण गरेको आरोप लगाएका छन् ।-
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार