नेभिगेशन
समाचार

वडाध्यक्षमा उम्मेद्वारको मृत्यु भएपछि छोरा बने उम्मेद्वार

दाङ - नेकपा एमालेले दाङको तुलसीपुर उपमहानगरपालिका-१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् । एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको हो । उनले आज मनोनयन दर्ता गराएका छन् । लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन जेठ ३ गते तोकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार