नेभिगेशन
समाचार

निर्वाचन आयोगले प्रचण्डलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं - निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई स्पष्टीकरण सोधेको छ । मंगलबार निर्वाचन आयोगले माओवादी अध्यक्षलाई पत्र लेखेर २४ घण्टे स्पष्टीकरण सोधेको हो । केही दिन अघि सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरमा आयोजना गरेको चुनावी सभामा प्रचण्डले माओवादीकी नेतृ रेणु दाहाललाई नजिताए देश दुर्घटना जाने बताएका थिए । प्रचण्डको सो अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले प्रचण्डले आम मतदातालाई धम्क्याउने उद्देश्यले प्रेरित भई यस्तोअभिव्यक्ति दिएको बताएको छ । त्यसैले यसको जवाफ २४ घण्टाभित्र बुझाउन आयोगले प्रचण्डलाई निर्देशन दिएको छ । स्पष्टीकरणमा भनिएको छ - 'माओवादी केन्द्रको अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भन्यो भने देश दु्र्घटनामा भन्नुको अन्तरनिहित मनशाय के हो ?'
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार