नेभिगेशन
समाचार

मौन अवधि सुरु हुन अघि सत्ता गठबन्धनका शीर्ष नेताको अपिल, गठबन्धनको बलमा मुलकको विकास सम्भव

काठमाडौं - सत्ता गठबन्धनका दलहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धनको पक्षमा मतदात गर्न आग्रह गरेका छन् । स्थानीय तह निर्वाचनका लागि मौन अवधि सुरु हुन अघि मंगलबार साझँ सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । गठबन्धनका दलहरुले स्थानीय तह नै लोकतन्त्रको प्राणवायु भएको भन्दै गठबन्धनको पक्षमा मतदात गर्न आह्वान गरेका छन् । गठबन्धनका दलहरुले गठबन्धनको बलमा मुलकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव रहेको विज्ञप्तिमा बताएका छन् । विज्ञप्तिमा भनिएको छ - 'स्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने छ। अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो। गठबन्धनको बलमा मलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव छ। यसर्थ गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरुले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौं'
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार