नेभिगेशन
समाचार

भाइरलम्यान पुण्य गौतम नेकपा एमालेमा प्रबेश, ओलीले गरे स्वागत

काठमाडौं - सामाजिक सञ्जालमा भाइरलम्यान भनेर चिनिएका पुण्य गौतम केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका गौतम मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा पार्टी प्रबेश गरेका हुन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा उनलाई एमालेका अध्यक्ष ओलीले पार्टीमा प्रबेश गराएका हुन् । ओलीले पार्टी प्रबेश गराउदै गौतमलाई झण्डा दिए । गौतम एमालेमा प्रबेश गर्दै ओलीको तारिफ पनि गरे । उनले ओलीको स्थान अहिले दुनियाँमा भ्लादिमिर पुटिनको जस्तो रहेको पनि बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार