नेभिगेशन
समाचार

कांग्रेसले एमालेविरुद्ध जो भेट्यो त्यही बोक्यो, एक्लै लड्न डराएर गठबन्धन बनाए - ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस एमालेविरुद्ध जे भेट्यो त्यही बोक्ने अवस्थामा पुगेको बताएका छन् । मंगलबार झपाको दमकमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सो कुरा गरेका हुन् । उनले भने - 'कहीँ राप्रपा, कहीँ प्रचण्ड त कहीँ माधव नेपाल बोकेका छन् । कांग्रेस एमाले विरुद्ध जो भेट्यो त्यही बोक्ने अवस्थामा पुग्यो ।' उनले एमालेसँग एक्लै लड्न नसकेपछि पाँच दलीय गठबन्धन बनाएको आरोप पनि लगाए। गठबन्धनको उद्देश्य विकास र समृद्धिलाई रोक्नु मात्र भएको भन्दै ओलीले देश विकास गर्ने एमालेविरुद्ध मोर्चा बनाएर घेराबन्दी भएको बताए । उनले प्रजातन्त्र पुनर्स्थापनापछिको ३० वर्षमा कांग्रेस एक्लैले २० वर्ष र अरूसँग मिलेर गरी २० वर्ष देश चलाउँदा पनि केही विकास गर्न नसकेको दाबी पनि गरे । कांग्रेसलाई विरोध मात्र गर्न आउने भन्दै उनले उनीहरुलाई धरहारा, रानीपोखरी बनेकोमा पिर परेको बताए । दमकको विकासका लागि एमाले नै चाहिने भन्दै उनले एमालेकै नेतृत्वले दमक विश्वमा चिनिएको दाबी गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार