नेभिगेशन
समाचार

ओलीको गृहनगर पुगेर विश्वप्रकाश शर्माले भने - 'भ्युटावर बनाउनु भन्दा अस्पताल बनाउनु नी'

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक पुगेका छन् । उनी मंगलबार दमकमा गठबन्धन दलले आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्न पुगेका हुन् । उक्त कार्यक्रममा शर्माले भ्युटावर बनाउनु भन्दा यसलाई अस्पतालमा परिणत गरेमा राम्रो हुने बताए । भ्युटावरलाई अस्पतालमा परिणत गरे त्यसले यस क्षेत्रका धेरै मानिसलाई स्वास्थ्य सुविधा दिने उनको भनाई छ । दमकमा नेकपा एमालेले भ्युटावर बनाउन शुरु गरेको थियो । शर्माले भने - 'भ्वुटावरबाट हेर्दा सुकुम्बासी बस्ती देखिएलान् उनीहरूको समस्या देखिएलान् तर अस्पताल बनाए उनीहरूले नै सेवा पाउनेछन्' दमकमा लगायतका स्थानमा गठबन्धनले जिते ओलीले आफूले गरेको गलत कामबाट सच्चिने मौका पाउने उनको भनाई छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार