हामी हेपिने मान्छे हो र ?

बिहीबार, मंसिर ८, २०७९
अरुलाई दुःखदिए पाप लाग्छ भन्ने मान्यता रहिआएको छ । अझ हिन्दु पुराणहरूको मान्यता अनुसार त यो जुनीको कामले चौरासी जुनीसम्म राम्रो वा नराम्रो फलको निर्धारण गर्छ । रुढिबादी कुरा भनी विश्वास घटेपनि एकथरी मानिस सामाजिक समानता र शुद्ध प्रजातान्त्रिक भातृत्वको दर्शनबाट प्रभावित भएर सबैलाई उत्तिकै मानमर्यादा गर्दथे । पछिल्लो कालखण्डमा अन्यत्र के भयो त्यति चाल नपाएपनि नेपालमा चैँ गज्जबको भाँडभैलो तन्त्र भोग्न हामी अभ्यस्त हुनुपरिरहेको छ । यतिखेर बजारबाद बलियो भएर सतहमा देखापरेको छ । उपभोक्ताबादी सँस्कृति अजिङ्गर झैँ मुख बाइरहेछ । हरेक कुरामा पैसा खर्च हुने वा कमाई हुने हिसाबकिताब खुब हुन्छ । पाको उमेरमा निबृत्तिभरण पाउनेको शारीरिक अवस्था ठिकै रहे थोरबहुत सुबिधा होला ।
आधुनिकताको नाममा एकलकाँटे प्रबृत्तिले परिवारमा ‘उमेरजन्य अनादर र सम्मानरहित’ सम्बन्ध बिकसित भईरहेछ । त्यसैले ‘घर’ घरजस्ता रहेनन् र नाता नाता जस्तो नरहि फोस्रो आडम्बर र झगडाको बिउ जस्तो भएका छन् ।
कुनै आयआर्जन गर्न नसक्ने र फरक क्षमता भएकाहरुको अवस्था त जीवनको उत्तरार्धमा भर पर्ने आफन्त कै तजविजमा चल्ने भयो । अब, भर गरिएका आफन्त वा नजिकका मानिस आफु अनुकुल गुणग्राही नभए पाको मानिसका अवस्था र मनोदशा कती भुट्भुटिएला ? हाम्रो समाजमा पाका मानिसहरू धेरै अघिदेखि आफ्नै परिवार र सन्तान दरसन्तानसँगै बस्थे । सकुन्जेल काम सघाउँथे र असक्त हुँदा परिवारका वयस्कले नै हेरबिचार गर्थे । सामाजिक परिबर्तनसँगै वयस्कहरूका मूल्य र मान्यतामा केही फरकपन देखिन थाल्यो । अहिले त्यही ‘केही’का आचरण र सोचाई नै सर्बसाधारणका ‘मानक’ बन्ने होड सार्वजनिक हुन थालेको छ । यस परिस्थितिले पाका मानिसहरूलाई सबैभन्दा बढी मर्का परिरहेको छ । आधुनिकताको नाममा एकलकाँटे प्रबृत्तिले परिवारमा ‘उमेरजन्य अनादर र सम्मानरहित’ सम्बन्ध बिकसित भईरहेछ । त्यसैले ‘घर’ घरजस्ता रहेनन् र नाता नाता जस्तो नरहि फोस्रो आडम्बर र झगडाको बिउ जस्तो भएका छन् । कमाउन्जेल प्यारा भएपनि पाको हुँदै गएपछि उनीहरु ‘मुखमा छउन्जेल ¥याल र थुकेपछि खकार’ जस्तो भएका छन् । यस्तो सामाजिक बेढङ्गको अवस्थालाई कसरी व्यवस्था भन्ने होला ? त्यस्तो व्यवस्था भएअनुसार तिनकै प्रतिनिधित्व गर्ने सामाजिक र राजनीतिक दल कस्ता होलान् ? तिनका मान्यता जेजस्ता छन्, तिनका बोली, व्यवहार र काम त्यस्तै हुन्छन् । त्यसै अनुरुप पहुँचवाल हुन्छन् र नीतिनियम बन्छन् । त्यस परिस्थितीमा कसो गर्दा र भन्दा नितान्त आफुलाई फाईदा हुन्छ, ध्यान त त्यतै हुन्छ । सोचौँ त, अहिलेका सामाजिक प्रचलन र सँस्कार कुन समुह, समुदाय र वर्गका पक्षमा छन् ?
अहिलेकाहरुले हामीले मौज्दात गरेको मुद्दतीको व्याज खाएको होईन र भन्या ? आधारभूत सँरचना निर्माण र प्रगतिको झुल्के घाम त हामीले नै सुम्पेको त हो ।
हाम्रो देशमा अगुवा भनिनेहरू कस्तो भविष्य बनाउन लागिपर्दैछन् ? निर्जीव त बिग्रँदै जान्छ, जीवित बस्तु त एक कालखण्ड पछि मर्ने त निश्चित छ । मरिसकेपछि चलअचल कुनै सम्पती, नातागोता र साथिभाई कोही सँगै हुँदैनन् । अन्त्यमा एक्लै सिध्दिने हो, जीवित पृथ्वीबाट । यस वास्तविकता बिपरित केको फुरफुर होला ‘मै हुँ’ भन्नेको ? कि अजम्बरी छु भन्ठान्छन् हाम्रो समाजमा समाजसेवा नभई नगद कमाउने पेशा–राजनीति गर्नेहरू ? नेपाली समाज आदिम युगबाट परिबर्तन हुँदै भूरेटाकुरे, जाहानियाँ र एकतन्त्रीय शासनबाट निर्दिष्ट भयो । पछिल्लो खेप बहुदल हुँदै गणतन्त्रतिर अघि बढेको छ । हरेक परिबर्तनसँगै नयाँनयाँ नारा चाहिँ आएका छन्, तर आधारभूत जनस्तरमा के के भिन्नता आयो त ? के भूइँमान्छे र सर्बसाधारणका जीवनमा सुखका दिन आए ? के ‘रैती’बाट हामी ‘जनता’मा रुपान्तरण भयौँ ? पिडा र अपमानले आक्रान्त पाका मानिसहरूका दैनिकीमा भिन्नता भयो त ? पहिला बाहिर बाहिर कराउने माझमा पुगेपछि भान्छा र धन्सार नै हातमा पारेपछि आफ्ना हितमा के मात्रै गरेनन् ? सबैले देख्यौँ । के नारा उराल्नेका जति नै सुखसुबिधा सर्बसाधारणले पाए त ? कि जस्ले उराल्यो र माझमा बसी डाडुपन्यौ हात पा¥यो उसलेमात्र मोज गरेको छैन र ? यहि संरचनाले नै समाजको वातावरण र स्वभाव निक्र्योल गर्ने रहेछ । यस्तोमा आफ्ना पालामा सकेको गरिसकेका पाका मानिसहरूको हालत हुनसम्म बिग्रँदो छ । सप्रिने र आदरयुक्त समाज निर्माण त ‘आकासको फल’ होला जस्तो पो भयो । हिजोआज चुनाव हुने दिनसम्ममा देश नै आमुल परिबर्तन गरिदिने कोकोहोलो सुन्दा कान नै पाक्छ । मतदानको दिन आफुलाई जिताउन डोकोमा बोकाएर लगेर पनि पाका मानिसलाई भोट हाल्न लगाउँछन् नै । बिचरा सोझा पाका मानिसहरू पनि लुरुक्क भई भनिएको भष्मासुरलाई जिताउन ईमानसाथ सघाउँछन् । काला मनका उम्मेदबार मत हालेपछि त्यहीँबाट फर्कन पनि उनीहरुलाई सघाउँदैनन् । चुनाव जितेर नीति नियम बनाउने ठाउँमा पुग्दा भने पाका मानिसलाई जितुवाहरू बिर्सन्छन् । होईन, आफैँ पाको उमेर समुहको डिलैमा पुगिसकेका ति स्वाँठले अरु पाका मानिसलाई कसरी बिर्सेका होलान् ? हेर्नोस् त, धेरैजसो साँसद र मन्त्री हुने सबैजसो पाको उमेर कै छन्, प्रधान हुने त झन ‘काशीबास हिँडने’ उमेर कै छन् । अझ चेत नआएको किन होला ? मूलथलो र ढुकुटीको साँचो सँधै आफ्नै हातमा रहला त, के बुध्दि होला तिनको ?
आफ्नो पालामा मनग्य काम गरका हामी अहिलेका पाका मानिसलाई अहिले अलि कम सकृय हुँदा किन हेपेको ? के हामीले काम नगरेको भए समाज यती अगाडी बढथ्यो त ?
मान्छे फकाउन र बादलपारीको स्वर्ग देखाउने भ्रम छर्न भने अति सिपालु छन् । बालबालिका, युवा, प्रौढ भनेर उमेरलक्षित कार्यक्रम बनाउँछन् । कसैले आफ्ना बालबालिकाको अहितमा काम नगरेपनि यीनिहरू बालबालिकाको अधिकारका कुरा गर्छन् र आफ्नै अभिभावकसँग मज्जाले हुर्किएका बालबालिकाका लागि पोषण कार्यक्रम रे । विद्यालयको गृहकार्यबाट मुण्टो उठाउन नमिल्नेगरी जोतिने पाठ्यक्रम बनाउने उनिहरू बालबालिकालाई उराल्न बालउद्यान बनाउन पछि पर्दैनन् । त्यतिमात्र कहाँ र, बाल पत्रिका, बाल अस्पताल, बाल बिकास, युवा मन्त्रालय, महिला शिक्षा, बिकास, महिला अधिकार, पशु बिकास, पशु अस्पताल, पशु अधिकार आदि संसारभरी सुनेका कुरा गर्न भ्याउँछन ति पहुँचवाल । उमेरमा स्याल पनि घोर्ले हुन्छ भनिन्छ, उमेरदार मानिसले आफ्नो अनुकुल गर्न जान्दछन् । तर यी पहुँचवालहरू युवा प्रोत्साहन र स्वरोजगार कार्यक्रमका गफ गर्न पछि पर्दैनन् । आफ्नो माउ सङ्गठनको भजनगाउन र जलप्रसाद खान भनेपनि युवा सङ्गठन बनाउँछन् । उनिहरू आफ्नो स्वार्थमा बल पु¥याउन, बिभिन्न जातजाति र समुहका हित गर्ने भनि चिनाउन पछि पर्दैनन् । तर पाका मानिसका अधिकार, अस्पताल, पाकोमैत्री उद्यान, किनमेल पसल, सहज चिजविजको उपलब्धता र तिनको सरल संयोजन गर्न वास्ता गर्दैनन् । खोई अझै त यस्ता कुरा आएजस्तो लाग्दैन त यीनिहरूका बकम्फुसे गफ र दलबिचका दन्तबजानमा ? आफ्नो पालामा मनग्य काम गरका हामी अहिलेका पाका मानिसलाई अहिले अलि कम सकृय हुँदा किन हेपेको ? के हामीले काम नगरेको भए समाज यती अगाडी बढथ्यो त ? अहिलेकाहरुले हामीले मौज्दात गरेको मुद्दतीको व्याज खाएको होईन र भन्या ? आधारभूत सँरचना निर्माण र प्रगतिको झुल्के घाम त हामीले नै सुम्पेको त हो । अहिलेको अवस्था आफैँ चमत्कार भएर लुसुक्क आएको त होईन । यो समाजको भौतिक र नैतिक सुबिधा बढाउन हामीले हाड घोटेको त ईतिहास छ । जुन एक छिमलमा त भन्न पनि भ्याईन्न । यसलाई मनन गर्ने, यसैको जगमा अझ बिकास र स्तर बृद्धि गर्ने बुद्धि पलाओस् भन्छौँ हामी त । उल्टो विभिन्न निहुँ खोज्ने तर्क राख्छन्, ‘बुढाबुढीका कुरा’ ‘उहिलेका कुरा खुईले’ ‘डिँगो बुढो भए भिर खोज्छ, मान्छे बुढो भए निहुँ खोज्छ’ । कति झटारो हान्न तम्सेका भन्या ? ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाबुढीको’ ‘पाका मान्छेको भर हुन्छ’ भन्ने पनि छ नि, उखानै हाल्नु परे । हुनत, जुन हाँगामा पाकेको फल हुन्छ त्यसैले झटारो खाने न हो, काँचोतिर कसको आँखा जान्छ र ? काँचो, कचिलो र कलिलो कस्ले रोज्छ र, छिप्पिएको रुख नै ढाल्छन् नि । आजका लौरा बोक्ने अगुवा गोठाला यस्तै श्रेणीका परे, के गर्नु ? विभिन्न निहुँमा मनखुसी गर्न गराउन भनि तहबिल चलाउनेले बालबालिका, युवाबारे करबल भन्ने गर्छन् । उमेरले हुने त्यसपछिको अवस्थाका पाका मानिसका कार्यक्रम बृहत रुपमा लैजान र भन्न मात्र भए पनि किन कञ्जुस्याइँ गरेको होला ? खुबग¥यौँ भनेर प्रचारगर्न ‘ज्येष्ठ नागरिक’ भनिदिने एउटा उमेर र मन्दिरमा अक्षेता छरेझै्ँ अलिकति भत्ता दिने अर्को उमेर किन ग¥या होला ? त्यो त रँदाखाँदाको उमेरलाई बुढ्यौली तोकीदिएर नौ नाडी गलाउन लगाएको जस्तो भएन त ।
तिनीहरू सबै त एक नम्बरका ‘उमेरद्रोही’ नै हुन् कि क्या हो ? तिनलाई यस्तो उमेर आउँदैन भन्ने लाग्छ कि क्या हो ? के जगलाई बेवास्ता गरेर घरको कल्पना गर्न सकिन्छ र ? भूइँतला भत्काएर खाली पारेदेखि पहिलो, दोस्रो तलाको कल्पना गर्न सकिएला र ? मानव विकासको हरेक पुस्तालाई उचित सम्मान नगरिए मानव सभ्यताको ईतिहास बन्ला र ?
सुबिधा नास्ती त्यो पगरी हामीलाई किन ? हेप्न भनिएको हो कि ‘नबोली थन्किएर बस’ भन्न खोजेको हो ? हामीमध्ये अझै धेरै सक्रृय जीवन विताउन सक्छौँ भन्ने हेक्का रहोस् सबै नियम मिचुवाहरूलाई । के दज्र्यानी पाउनेले तनखा पाउँदैनन् र, नामको मात्र दर्जा हुन्छ ? आफ्नाले मात्र हातपार्ने तक्मा मानपदवीको त ईज्जत राख्न केही रकम पुरस्कार पाउँछन् भने हाम्रो दज्र्यानी अनुसार सुविधा खोई ? बरु त्यस्तो अनुत्पादक दज्र्यानी हामीलाई चाहिएन भन्छौँ, हामी पाका मानिस त । हुँदाहुँदा सञ्चार पनि उन्कै सिको गरेर अरु कार्यक्रम चलाउँछन् तर घटना नघटेसम्म पाका मानिसका बारेमा मुख खोल्दैनन् । सञ्चारमा हालीमुहाली हुँदा महिला वा पुरुष सञ्चालक र कार्यक्रम प्रस्तोताले छापा वा विद्युतीय माध्यममा हाम्रा कुरा घनिभूत आएको प्रचार–प्रसार गरेको खोई ? अझ, बाध्यभई लिईने कुनै अन्तरवार्ताको सुरुवातमै हियाएर ‘सेवानिबृत्त बुढेसकालमा के गर्दै हुनुहुन्छ ? फुर्सदमा कसरी दिन बिताउनु हुन्छ ?’ पो भन्छन् । हामीलाई कहिले फुर्सद छ र भन्या अहिलेपनि । हाम्रै दुःखले सँगालेकोबाट डाक्टर, ईन्जिनियर, प्रशासक र सञ्चारकर्मी बन्छन् । खोई त हाम्रो स्वास्थ्य हेर्ने ज्येष्ठ नागरिकको डाक्टर ? खोई त हामीमैत्री भौतिक निर्माण गर्ने, बाटोघाटो, पुल र उद्यान बनाउने ईन्जिनियर ? खोई त सरल, सुबिधायुक्त प्रशासन, किफायती किनमेल केन्द्र र सुखद सामाजिक जीवन बनाइदिने नियमकानुन निर्माता प्रशासक ? ईन्जिनियर शव्दको ई नजान्ने बेलामा हामीले कति माथिबाट पानी तक्र्याएर ल्याई घट्ट चलाएका, गहिरी खेतमा पानी सिँचाई गरेका थियौँ ।
विचार नबनाउने राजनीतिक दल, सम्मानयुक्त ज्ञान लिन नखोज्ने सञ्चारकर्मी कसको हितमा चाहिँ काम गर्छन् हँ ? तिनीहरू सबै त एक नम्बरका ‘उमेरद्रोही’ नै हुन् कि क्या हो ?
कुन रुख कुन महिनामा काटे किरा लाग्दैन, धुल्याह लाग्दैन भनेर जानेको भन्नेकुरा सोधेर प्रचार गरे के नोक्सान हुन्छ ? पाखनबेदले पथ्थरी झर्ने र हडचुरले भाँचिएको हाड जोडने कसरी थाहा पाएको भनि सोधे हुन्थ्यो नि । बगालमा उम्नाचो गर्ने बोकालाई जाईफल ख्वाएर भलादमी बनाउन कसरी जानेको, के अहिलेकालाई थाहा छ ? कुन माटोमा कुन जातको धान स्वादिलो हुन्छ ? चाहिने कुराको प्रचार छैन बिब्ल्याँटा कुरा अशुद्ध नेपालीमा सुनायो भुराभुरीको उच्चारण बिगा¥यो । आफै्ँ निकट भविष्यमा होईने उमेरबारेमा कस्तो हेक्का नभएको भन्या ? हाम्रो उमेर मैत्री निति नियम सरल सहज बनाउने मन्त्री, प्रस्ताब गर्ने साँसद र प्रशासक खोइ ? झारा टार्ने नियम बनाएर हुँदैन, कार्यान्वयन गराउने ईमानी पो चाहियो । भौतिक निर्माणको जोहो नमिलाउने ईन्जिनियर किन चाहियो ? हाम्रो उमेरजन्य रोगको औषधि नगर्ने डाक्टर, समाज व्यवस्था नमिलाउने सामाजिक कार्यकर्ताको के काम होला ? बिचार नबनाउने राजनीतिक दल, सम्मानयुक्त ज्ञान लिन नखोज्ने सञ्चारकर्मी कसको हितमा चाहिँ काम गर्छन् हँ ? तिनीहरू सबै त एक नम्बरका ‘उमेरद्रोही’ नै हुन् कि क्या हो ? तिनलाई यस्तो उमेर आउँदैन भन्ने लाग्छ कि क्या हो ? के जगलाई बेवास्ता गरेर घरको कल्पना गर्न सकिन्छ र ? भूइँतला भत्काएर खाली पारेदेखि पहिलो, दोस्रो तलाको कल्पना गर्न सकिएला र ? मानव विकासको हरेक पुस्तालाई उचित सम्मान नगरिए मानव सभ्यताको ईतिहास बन्ला र ? आफै्ँ त्यो उमेर नपुगी नचेत्ने आजका किशोर र वयस्क उमेरसमुहले बेलैमा सोच्नु परेन ? कि परे पछि बाआमाले भन्थे भनि बिलौना गर्न पर्खने ? उमेर पुगेका र त्यहि दिशामा उन्मुखले सोच्नु प¥यो, गोलभेडा खान गोलभेडा नै रोप्नु प¥यो, कण्टकारी होईन । कर्कलो खान कर्कलो नै रोप्नु प¥यो बाँको होईन । पाका उमेर भएकाको उमेरजन्य हित गर्नुप¥यो, नगर्ने मूढबुद्धिमा दरिन खोजे कसको के लाग्छ र ? त्यसै गरे त, अब यस्ता कृतघ्न, अबिवेकी र मानव सभ्यताको जगढुङ्गा नगन्नेलाई अरु नसके पनि हामीले चिन्न ढिला नगरौँ कि ? कुनै समय हाम्रो कुरा सुन्ने, बुझ्ने र हाम्रालागि सोचीदिने कामगर्ने असल मान्छे आउँछन् नि । हामी त सबैको भलो चाहाने समुदाय हो, अरुको राम्रो कसरी हुन्छ त्यो पनि भन्छौँ । अहिलेका चोट्टा जस्तो आफ्नोमात्र दुनो सोझ्याउँदैनौ । त्यसैले सबैलाई हितहुने कुरा भन्न हामी किन छोड्नु ? बरु जति गरे पनि अहिलेका साइँदुवाले हामीलाई हेपेको हो कि भन्ने पो लाग्दै छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:०९
प्रतिक्रिया दिनुहोस्