नेभिगेशन
खेलकुद

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं – रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।  गएराति घरेलु मैदानमा भएको सेमिफाइलनको दोस्रो लेगमा इङ्लिस क्लब म्यानचेस्टर सिटीमाथि ३–१ को जित निकाल्दै रियल उपाधिनजिक पुगेको हो। पहिलो लेगमा ४–३ को जित निकालेको सिटीले दोस्रो लेगको ७३औं मिनेटमा रियाद महारेजको गोलमार्फत् अग्रता बनाएको थियो।  तर, अन्तिम मिनेटमा रोड्रिगोले दुई गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको ९०औं मिनेटमा रोड्रिगोले बराबरी गोल फर्काएका थिए। त्यसको अर्को मिनेटमा उनले नै गोल गर्दै रियललाई खेलमा फर्काए। त्यसपछि ९५औं मिनेटमा प्राप्त पेनाल्टीमा बेन्जेमाले गोल गर्दै रियललाई फाइनलमा पुर्‍याए। अब रियलले मे २९ मा उपाधि लागि लिभरपुलसँग खेल्ने छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै