रोनाल्डोको गोलमा युनाइटेडको जित

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० अन्तरले पराजित गरेको छ ।

युनाईटेडको जितमा ब्रुनो फर्नान्डेस, क्रिस्टियानो रोनाल्डो र राफायल भरानेले एक एक गोल गरे । घरेलु मैदानमा खेलको नवौं मिनेटमा फर्नान्डेसले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७२ औं मिनेटमा भरानेले गोल गर्दै युनाईटेडलाई ३-० को जित दिलाए ।

सहज जितसँगै युनाइटेड ३६ खेलबाट ५८ अंक जोड्दै छैटौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंक बनाउँदै १४औँ स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:०८
प्रतिक्रिया दिनुहोस्