नेभिगेशन
खेलकुद

म्यानचेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनमाथि ३–० को सहजित निकाल्दै म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गरे ।

खेलको ५३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

६५ औं मिनेटमा फोडेनले सिटीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८२ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेको छ । सिटी दोस्रो स्थानको लिभरपुल भन्दा १ अंकले अघि रहेको छ ।

ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद