आईपीएलमा बैंगलोरको पाँचौँ जित

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं– रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ ।

मुम्बईमा मंगलबार राति भएको खेलमा बैंगलोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले हराएको हो । बैंगलोरको यो पाँचौँ जित हो ।

बैंगलोरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन मात्र बनाउन सक्यो ।

लखनउका लागि कुर्नाल पान्डयले ४२ रन जोड्दा कप्तान केएल राहुलले ३० रन बनाए । मार्कुस स्टोनिसले २४ रन बनाए भने दिपक होडा र आयुषले समान १३ रन बनाए ।

लखनउलाई सस्तैमा समेट्न बैंगलोरका जोश हाजलउड एक्लैले ४ विकेट लिए । हर्सल पटेलले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८१ रन जोडेको थियो ।

बैंगलोरका लागि फाप डु प्लेसिसले ९६ रनको अर्धशतकीय इनिङ खेले । शाहबाज अहमेदले २६ तथा ग्लेन म्याक्सवेलले २३ रन बनाए । दिनेश कार्तिक १३ रनमा अविजित रहे ।

लखनउका जासन होल्डर र दुश्मन्था चामिराले २/२ विकेट लिए । यस जितसँगै बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

बैंगलोरले ७ खेलमा १० अंक जोडेको छ । लखनउ ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:२७
प्रतिक्रिया दिनुहोस्