नेभिगेशन
खेलकुद

कोलकत्ता नाइट राइडरर्स आईपीएलको फाइनलमा

मुम्बई— मुम्बई इण्डियन्सलाई हराउँदै कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । पुनेमा बुधवार राति मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । त्यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो । यस जीत सँगै शीर्ष स्थानमा उक्लिएको कोलकत्ताले ४ खेलमा ६ अंक जोडेको छ । मुम्बईको यो लगातार तेस्रो हार हो । मुम्बईले अंक जोड्न सकेको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद