नेभिगेशन
खेलकुद

एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं- नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप छनोट खेलेर स्वदेश फर्किएको छ ।

आफ्नो अन्तिम खेलमा उज्वेकस्थानसँग टाइब्रेकरमा पराजित भएको नेपाली महिला टोली आज स्वदेश फर्किएको हो ।

छनोटअन्तर्गत निर्णायक खेलमा पराजित भएपछि अर्को वर्ष अष्ट्रेलियामा हुने एसिया कपमा छनोट हुन असफल रह्यो ।

टाइब्रेकरमा नेपालकि कप्तान सावित्रा भण्डारी र गोलकिपर अन्जना रानामगर गोल गर्न सकेका थिएनन ।

नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद