न्युकासल युनाईटेडमाथि टोटेनहमको शानदार जित

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले न्युकासल युनाईटेडमाथि शानदार जित निकालेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा एक गोलले पछि परेको टोटेनहमले उत्कृष्ट पुनरागमन गर्दै न्युकासल युनाईटेडमाथि ५-१ गोल अन्तरले शानदार जित निकालेको हो ।

खेलको ३९ औं मिनेटमा फाबियनले गोल गर्दै न्युकासललाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४३ औं मिनेटमा बेन डेभिसले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए ।

४८ औं मिनेटमा माट डोहर्टीले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए । खेलको ५४ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ३-१ को अग्रता दिलाए ।

६३ औं मिनेटमा इमर्सन रोयलले गोल गर्दै टोटेनहमको अग्रता ४-१ को बनाए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा स्टिभेन बेर्जविजनले गोल गर्दै टोटेनहमलाई ५-१ को जित दिलाए ।

जितसँगै टोटेनहमले ३० खेलमा ५४ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ ।

न्युकासल ३१ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै आइतबार राति भएको अर्को खेलमा वेस्ट ह्याम युनाईटेडले एभर्टनलाई २-१ ले हराएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:५८
प्रतिक्रिया दिनुहोस्