एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सागरको डेब्यु

बुधबार, मंसिर ७, २०७९
काठमाडौं । नेपाली क्रिकेटर सागल ढकालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । नेपाली बाँया हाते स्पिनर सागरले आईसीसी क्रिकेट विश्वकप लिग - २ अन्तर्गतको पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा प्लेइङ-११ मा स्थान बनाउँदै एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् । सागर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने नेपालका २८ औं खेलाडी बनेका छन् । सागरले टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि २ खेल खेलिसकेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०३
प्रतिक्रिया दिनुहोस्