नेभिगेशन
विश्व

अन्तर्राष्ट्रिय महिला दिवसको अगाडि, पाकिस्तानमा ह्यासट्याग

सिन्ध प्रान्तको मेडिकल युनिभर्सिटीका दुई महिला विद्यार्थीहरूले भर्खरै गरेको आत्महत्याले पाकिस्तानमा शैक्षिक संस्था र कार्यस्थलहरू लगायत धेरै ठाउँमा महिला सुरक्षाका सम्बन्धमा गम्भीर त्रुटिहरूलाई औंल्याउँछ, जसले यो देश फेरि एक पटक महिलाहरूको लागि सुरक्षित राष्ट्रको रूपमा असफल भएको कुरालाई जोड दिन्छ।

पाकिस्तानको सिन्धमा महिलाहरू दमनको चरम अवस्थामा छन् र मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन अघि, ह्यासट्याग #SaveDaughtersOfSindh' पाकिस्तानमा अहिले असाध्यै प्रचलनमा छ।

ह्यासट्याग चिकित्सा शिक्षा अध्ययन गरिरहेका छात्राहरूसँग सम्बन्धित छ र यस ह्याशट्यागलाई कलेज प्रशासकहरूले पूर्ण रूपमा प्रोत्साहन दिएका छन् । यद्धपि सरकारले भने यस डिजीटल अभियान र पाकिस्तानमा महिला आन्दोलनको यस प्रचलनलाई राम्ररी बेवास्ता गरेको छ, बिजनेस रेकर्डरले रिपोर्ट गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व