नेभिगेशन
विश्व

अमेरिकाको टेक्सासमा बाढीका कारण ७८ जनाको मृत्यु, ४१ जना बेपत्ता

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ७८ पुगेको छ । ४१ जना बेपत्ता भएका छन् ।

सबैभन्दा धेरै क्षति केर काउन्टीमा भएको छ । जहाँ ३८ बालबालिकासहित ६८ जनाको मृत्यु भएको छ । राहत तथा उद्धार अभियान जारी राखिएको छ । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

बाढीका कारण केर काउन्टीको नदी किनारास्थित क्याम्प मिस्टिक गम्भीर रूपमा प्रभावित भएको छ । १० जना किशोरी र एक काउन्सलर अहिलेसम्म बेपत्ता छन् । खोज अभियानलाई यहाँ केन्द्रित गरिएको छ ।

स्थानीय अधिकारीका अनुसार अहिलेसम्म २८ जनाको शव बरामद  गरिएको छ । जसमा १० जना बालबालिका रहेका छन् । तर उनीहरूको अहिलेसम्म पहिचान भएको छैन । मौसम विभागले आगामी २४ देखि ४८ घण्टाभित्र यस क्षेत्रमा तुफान आउने सक्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व