नेभिगेशन
विश्व

भारतमा कोरोना संक्रमणदर निरन्तर घट्दै, सक्रिय संक्रमित कति ?

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणदर र मृत्यु दर घटिरहेको छ। पछिल्लो २४ घण्टामा २८ हजार ९ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । 
 
हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड २७ लाख ५२ हजार ५ सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख १० हजार ४ सय ४१ जना पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा ५६ हजार ६ सय ३० जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड १९ लाख ७६ पुगेको छ ।  सक्रिय संक्रमित ३ लाख ४२ हजार २५ रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

अमेरिकी अर्थतन्त्रमा गिरावट