नेभिगेशन
खेलकुद

एनपीएलको मिनी अक्सनमा आज हुँदै, खेलाडी खरिद गर्न कुन टिमसँग कति बजेट छ ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को मिनी अक्सनमा आज ८ टिमले भाग लिँदैछन्। एनपीएलको नियमअनुसार एउटा फ्रेञ्चाइज टोलीले ९० लाख रुपैयाँको सीमाभित्र रहेर नेपाली खेलाडी खरिद गर्न पाउनेछन्।  

विदेशी खेलाडीको हकमा भने बजेटको सीमा तोकिएको छैन। अहिले मिनी अक्सनमा प्रत्येक टिमले खेलाडी ‘रिटेन’ (यथावत् आफ्नो टोलीमा राख्दा) गर्दा लागेको खर्चबाहेक बचेको रकममा सीमित भएर अक्सनमा भाग लिनेछन्।

नेपाली खेलाडी खरिदमा टोलीहरूले झन्डै साढे ७ करोड खर्च गर्ने देखिएको छ। अक्सनबाट कुल ३७ खेलाडी बिक्री हुनेछन्। उनीहरूका लागि फ्रेञ्चाइज टोलीहरूले साढे ३ करोड रुपैयाँको आसपासमा खर्च गर्नेछन्। त्यसमा सबैभन्दा बढी रकम चितवन राइनोजसँग ५८ लाख छ। सबैभन्दा कम बजेट जनकपुर बोल्ट्ससँग ३३ लाख रुपैयाँ मात्र छ।

८ टोलीमध्ये सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले ५र५ खेलाडी लिन पाउनेछन्। त्यस्तै पोखरा एभेन्जर्स, कर्णाली याक्स र जनकपुर बोल्ट्सले ४र४ खेलाडी किन्ने ठाउँ खाली छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्