नेभिगेशन
खेलकुद

देव खनाल १५ लाखमा चितवन राइनोजमा अनुबन्ध

काठमाडौं - पहिलो संस्करण कर्णाली याकसबाट खेलेका देव खनाल दोस्रो संस्कारमा चितवन राइनोजबाट खेल्ने भएका छन्। 

देव खनालमाथि १५ लाखको बोली लागेको छ। नेपाल प्रिमियर लिगको अक्सनमा चितवन राइनोज र लुम्बिनी रानोजले १५ लाख नै बोली लगाएपछि गोलाप्रथा गरियो। गोलामा चितवनराइनोजले उनलाई भित्र्यायो। 

उनी क्याटागोरी ए का खेलाडी हुन्। उनी यसअघि कर्णाली याक्समा थिए। उनलाई कर्णालीले रिलिज गरेको थियो। कर्णालीले उनलाई १० लाखमा अनुबन्ध गरेको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

एनपीएलको मिनी अक्सन सकियो