नेभिगेशन
खेलकुद

हालसम्म ११ खेलाडी भए एनपीएलमा अनुबन्ध

काठमाडौं  ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सन जारी छ । पौने ४ बजेबाट सुरु भएको अक्सन अहिले १५ मिनेटका लागि ब्रेक गरिएको छ ।

हालसम्म ११ खेलाडी खरिद भएका छन् । विराटनगर किंग्स, चितवन राईनोज र सूदरपश्चिम रोयल्सले दुईदुई खेलाडी किन्दा अन्य ५ टोलीले एकएक खेलाडी खरिद गरेका छन् ।

हालसम्म ११ खेलाडी भए एनपीएलमा अनुबन्ध
विराटनगर किङ्स: सूर्य तामाङ (१० लाख) र साहिल पटेल (५ लाख)
जनकपुर बोल्ट्स : सचिन भट्ट (२ लाख)
चितवन राइनोज : देव खनाल (१५ लाख) र अर्जुन साउद (१५ लाख)
काठमाण्डौं गोर्खाज : उत्तम थापा मगर (३ लाख)
पोखरा एभेन्जर्स : अभिषेक तिवारी (२ लाख)
लुम्बिनी लायन्स : दिलिप नाथ (१० लाख)
कर्णाली याक्स :पवन सर्राफ (१५ लाख)
सुदूरपश्चिम रोयल्स : हेमन्त धामी (१० लाख) र टेकबहादुर रावत (२ लाख)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

एनपीएलको मिनी अक्सन सकियो