नेभिगेशन
खेलकुद

हेमन्त धामी १० लाखमा सुदूरपश्चिममा अनुबन्ध

 काठमाडौँ -नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा हेमन्त धामी गोलाप्रथाबाट सुदूरपश्चिम रोयल्समा पुगेका छन्। हेमन्त १० लाख रुपैयाँमा बिक्री भएका हुन्। 

क्याटोगोरी बी का हेमन्तको न्यूनतम रकम ५ लाख रुपैयाँ थियो। हेमन्तमाथि पोखरा, लुम्बिनी, सुदुरपश्चिम र जनपुरले बोली लगाएका थिए। 
गोलाप्रथाबाट छनोट हुने हेमन्त दोस्रो खेलाडी हुन्। यसअघि देव खनाल गोलाप्रथाबाट चितवन पुगेका थिए।

उनी नेपाल अन्डर -१९ समूहका कप्तानसमेत हुन्। 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

एनपीएलको मिनी अक्सन सकियो