नेभिगेशन
खेलकुद

एनपीएलको दोस्रो संस्करणको अक्सनमा थपिए १४ खेलाडी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ति सुरु भएका अक्सनमा १४ जना थपिएका छन् ।

अक्सनमा तीन क्याटागोरी छन् । जसअनुसार क्याटागोरी ‘ए’ मा ९जना, ‘बी’ मा ३७ जना र ‘सी’ मा ११८ जना छन् । यसअघि क्यानले अक्सनका निम्ति १५० जनाको सूची सार्वजनिक गरेको थियो । तर, पछि १४ खेलाडी थपिएका हुन् ।

अक्सन शनिबार ललितपुरस्थित रोयल टुलिपमा सुरु भएको छ। आज प्रतियोगिताका कुल आठ टिमका निम्ति ३८ स्लट बाँकी छन् । 

प्रतियोगिताका निम्ति आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले नोभेम्बरलाई वार्षिक क्यालेन्डरमा राखेको छ । तर, हालसम्म मिति भने सार्वजनिक भइसकेको छैन ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

एनपीएलको मिनी अक्सन सकियो