नेभिगेशन
मनोरञ्जन

‘सिटामोल’को अग्रिम टिकट बुकिङ खुल्ला

काठमाडाैं - साउन २३ गते शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘सिटामोल’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ। देशभरका अधिकांश मल्टिप्लेक्स हलले अग्रीम टिकट बुकिङ खुल्ला गरिसके पनि केही हलमा खुल्ने चरणमा छ।

चलचित्रका प्रचार सामाग्रीले दर्शकमाझ बनाएको हाइपलाई मध्यनजर गर्दै मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले ‘सिटामोल’लाई राम्रो शो उपलब्ध गराएका निर्माण पक्षले जनाएको छ। देशकै ठुलो मल्टीप्लेकस चेन क्युएफएक्सले ‘सिटामोल’लाई काठमाडौं उपत्यकामा १५ र मोफसलमा १६ गरी देशभरका चेनमा ३१ शो दिएको हो।

अर्को मल्टीप्लेक्स चेन आइएनआइ सिनेमाजले आफ्ना ४ आउटलेटमा ११ शो, बिग मूभिजले २ शो, एफक्युब सिनेमाजले ३ शो, बिएसआर मूभिजले २ शो, वान सिनेमाजले ६ शो, सिने डी सेफले ३ शो, किर्तिपुर सिनेप्लेक्सले २ शो उपलब्ध गराएका छन्।

रञ्जना, विश्वज्योति, सिके सिनेमाजलगायत काठमाडौंसहित मोफसलमा धेरै सहरका हलमा अग्रीम टिकट बुकिङ खुल्ने चरणमा रहेकाले ‘सिटामोल’ले शुक्रबारसम्म करिब १५० बढि शोसहित प्रदर्शनमा आउने अपेक्षा निर्माण टिमको छ।

राज बहादुर साने निर्देशित चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकारहरु करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको चलचित्रको कथा प्रदीप भारद्वाज र सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुती रहेको चलचित्रमा भुगोल कुमार कार्की र विकाशराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्माता छन्।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन