नेभिगेशन
मनोरञ्जन

गायिका सिर्जना खत्रीको हाउडेमाया तिज गित ‘नारी मस्तिमा’

काठमाडौं। नारीहरुको महान चाडको रुपमा लिइने हरितालिका तिजलाई लक्षित गरी गायीका सिर्जना खत्रीको आवाजमा ‘नारी मस्तिमा’ बोलको गित सार्वजनिक भएको छ। 

गायिका खत्रीकै लय र मुकुन्द रुपाखेतीको शब्दमा तयार भएको तिज गितमा नारीहरु तिजमा रमाउने र सो दिन स्वतन्त्र भएर सबै पिडा भुलेर रमाउने भन्ने सन्देश दिइएको छ।

सारी लाएर चिटिक्क परेर बस्ती बस्तीमा नारीहरु नाच्ने र रमाउने भन्ने विषयलाई गितमा बढी जोड छ। मञ्जित पहाडी कार्यकारी निर्माता रहेको सो गितको म्यूजिक भिडियो निर्देशन भने नितिन चन्दले गरेका छन्।

https://youtu.be/vXLWIZstmf8?si=pUGwUqQzwRWm7jaT

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

टिकटकर आयुश चलचित्र खेल्दै