नेभिगेशन
मनोरञ्जन

चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त

ललितपुर - चलचित्र ‘झरीपछिको इन्द्रेणी’को आज शुभमुहूर्त गरिएको छ । ललितपुरको धन्वन्तरी बाराही मन्दिरमा शुभमुहूर्त गरिएको हो ।

पशुपति शिवजी इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गर्न लागिएको चलचित्रलाई कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्न लगेका हुन् । चलचित्रमा रमेश उप्रेती, निर्मल शर्मा, दिपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्यलगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा कथा कुमार बेन्जन्कारको रहेको छ । पटकथा गणेश कार्कीको रहेको छ ।

निर्माण पक्षका अनुसार चलचित्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको एउटा र्‍याप रहनेछ । अर्जुन घिमिरे विगतमा चर्चित टेलिसिरियल ‘सक्किगोनि’ मा सक्रिय थिए भने सोही टिमले बनाएको फिल्म ‘लाज शरणम्’ मा उनले कार्यकारी निर्माता र कलाकारको भूमिकामा काम गरेका थिए। त्यो फिल्म कुमार कट्टेल ले निर्देशन गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

टिकटकर आयुश चलचित्र खेल्दै