नेभिगेशन
मनोरञ्जन

अगस्ट २ मा अस्टिन अमेरिकामा पुर्ण राई र दाजुभाइले झुमाउने

टेक्सस । चर्चित सांगितिक ब्याण्ड पूर्ण राई र दाजुभाईहरुले अमेरिकाको टेक्ससस्थित अस्टिनमा सांगितिक प्रस्तुति दिने भएका छन् ।

नेपरिकन ईन्टरटेनमेन्टले आगामि अगष्ट २ तारिखमा अस्टिनको फोर्थ स्ट्रिटमा आयोजना गर्न लागेको सांगितिक कार्यक्रममा उनीहरुले सांगितिक प्रस्तुति दिनेछन् ।

 सो कार्यक्रमबारे सिडर पार्कमा रहेको याक एन यति रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सो कार्यक्रमले अमेरिकामा रहेका युवा नेपालीहरुलाई नेपाली संगितमा झुम्ने अवसर प्रदान गर्नेछ । आयोजकका तर्फबाट खुश्वु उप्रेती र समय उप्रेतीले कार्यक्रमबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

टिकटकर आयुश चलचित्र खेल्दै