नेभिगेशन
मनोरञ्जन

बिक्रम कुँवरको यथार्थपरक रक गीत ‘पैसा’ चाँडै सार्वजनिक हुँदै

काठमाडौं- नेपाली संगीतमा सामाजिक यथार्थ झल्काउने नयाँ प्रस्तुति ल्याउँदै गायक बिक्रम कुँवरको स्वरमा तयार भएको रक शैलीको गीत “पैसा” चाँडै नै सार्वजनिक हुने भएको छ।

गीतमा पैसाले जीवन र सम्बन्धमा ल्याउने परिवर्तन, मानवीय मूल्यहरूको ह्रास, र समाजमा व्याप्त द्वन्द्व जस्ता विषय समेटिएका छन्। सुमन ज्ञवालीको शब्द, भुपेन्द्र बज्राचार्यको संगीत संयोजन र कुँवरकै संगीत र स्वर रहेको यस गीतले गहिरो सन्देश दिने अपेक्षा गरिएको छ।

रमेश बस्नेतको निर्देशन, प्रजेश (कृष्ण श्रेष्ठ) को छायांकन रहेको म्युजिक भिडियो सिनेम्याटिक शैलीमा निर्माण गरिएको छ। कलाकारहरूको अभिनयमार्फत पैसाको प्रभावलाई कलात्मक ढंगले चित्रण गरिएको छ।

मुख्य कलाकारहरूमा दिवश माधिकार्मी, सिताश्मा, सुर्य लिम्बु र हिरामणि ढकाल छन्। भिडियो Hue Kathaको प्रस्तुति हो र यसलाई बिक्रम कुँवरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

टिकटकर आयुश चलचित्र खेल्दै