नेभिगेशन
राजनीति

खुल्ला क्षेत्रहरुमा फल दिने विरुवा रोप्न थालियो भने फलफूल आयात कम हुन्छ : बिराजभक्त श्रेष्ठ

काठमाडौं । रोटरी क्लब अफ पाटन हेरिटेज द्वारा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा पूर्व युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बिराज भक्त श्रेष्ठले खुल्ला क्षेत्रमा फलफूलका बोटहरु लगाउन सके फलफूलमा हुने आयात कम गर्न  सकिने बताएका छन् ।

शनिबार,(१0 श्रावण २०८२) रोटरी क्लब अफ पाटन हेरिटेज द्वारा राष्ट्रिय सङ्ग्रहालय, छाउनीको आगनमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उनले फल दिने विरुवा रोप्न जोड दिएका हुन् ।
उनले भने, रोटरी क्लब अफ पाटन हेरिटेजले यो पटक फल दिने बिरुवाहरु रोपेको छ । नेपालमा फलफूल उत्पादनमा ह्रास भएर बाहिरी मूलुकबाट भित्राइएका भन्ने समाचारहरु आइरहेका छन् । खुल्ला क्षेत्रहरुमा फलफूलहरु रोप्न थालियो भने चराचुरुङगीले पनि खान पाउने र विस्तारै बाहिरबाट भित्र्याउने संख्यामा पनि कमि हुन्छ । यस्ता कामहरुले सुक्ष्मरुपमा अर्थतन्त्रमा नै टेवा पुग्ने पुर्याउने देखिन्छ ।’

उनले खुल्ला क्षेत्रहरुमा फल लिने विरुवाहरु रोप्दा पछि आयात निर्यातमा सन्तुलन हुनुका साथै अर्थतन्त्रमा टेवा पुर्याउने बताए । उनले सबैलाई खाली ठाउँमा फल दिने विरुवाहरु रोपी शहरी हरियाली प्रवर्धन गर्न समेत आग्रह गरे ।

सांसद श्रेष्ठको भनाइलाई थप जोड दिदै यस रोटरी क्लब अफ पाटन हेरिटेजका अध्यक्ष श्री प्रदिप श्रेष्ठले भने, “आजको यो कार्यक्रम मानव समुदाय र हाम्रो प्रकृतिको लागि अत्यन्त महत्वपूर्ण छ। आज हामी यहाँ रूखरोपण संगै , हाम्रो प्रेम, जिम्मेवारी र पर्यावरणप्रति हाम्रो जागरुकता देखाउन भेला भएका छौं। “

यहाँ आज जे फलफूलका रूखहरू रोप्दैछौं, ती भविष्यका सुन्दर छाँया, स्वच्छ हावा र स्वस्थ जीवनका साक्षी बन्नेछन्। यसले तरुण पुस्तालाई पनि जिम्मेवार नागरिक भएर पर्यावरण संरक्षणमा अग्रसर बन्न प्रेरणा दिनेछ भन्ने विश्वास अध्यक्ष प्रदिप श्रेष्ठले ब्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी