नेभिगेशन
राजनीति

बाढी पहिरोका कारण ८ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)

काठमाडौँ । अविरल वर्षपछि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण ८ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै ५ वटा राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालनमा छन् ।

नेपाल प्रहरीले मंगलवार सार्वजनिक गरेको विवरणअनुसार  बागमती र लुम्बिनी प्रदेशका राजमार्गहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

प्रहरीका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको छ भने रसुवामा नेपाल र चीन नाका जोड्ने पुल तथा सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पूर्ण रूपमा अवरोध रहेको छ ।

यसैगरी  लम्जुङमा बेसिसहर–मनाङ सडक खण्ड पहिरोका कारण अवरुद्ध छ । गुल्मीको रुद्रवेणी वामी सडक खण्ड र रिडी–वामी सडक खण्ड पूर्णरुपमा अवरुद्ध छ ।

त्यस्तै, रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड बाढीका कारण अवरुद्ध छ भने बैतडीको दशरथ चन्द राजमार्ग अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।

हेर्नुहोस् सुची:

521961115_1341580174639406_6439821676777917097_n-1753769105.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

समाजवादी मोर्चाको बैठक जारी