नेभिगेशन
समाज विविध

बाघ नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली परिचालन

काठमाडौँ- कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ स्थित उखुबारीमा बाघ देखिएपछि स्थानीय त्रसित बनेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब १०० मिटर नजिकैको उखुबारीमा बाघ देखिएपछि स्थानीय त्रसित बनेको स्थानीयले जानकारी दिएका छन् । उनीहरूले आज बिहान करिब ७ बजेको समयमा उखुबारीमा बाघ देखिएको बताएका छन् ।

निकुञ्जका अनुसार उक्त उखुबारीमा चितुवा हुनसक्ने प्रारम्भिक निष्कर्ष रहेको छ । निकुञ्ज कार्यालय र नेपाली सेनाको टोली उक्त क्षेत्रमा खटिएको बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध