नेभिगेशन
राजनीति

देउवाको दाबी- ‘अरूको भन्दा काँग्रेसकै आदर्श र सिद्धान्त राम्रो छ’

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्य प्रतिस्पर्धी पार्टीमध्ये आदर्श र सिद्धान्त आफ्नै पार्टीको राम्रो भएको दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली काँग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

पार्टीको सिद्धान्त र आदर्श अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भएको उनको भनाइ थियो ।

‘आजको जमानामा पार्टीको सिद्धान्त, आदर्श, धेरै महत्त्वपूर्ण कुरा छ । प्रतिस्पर्धी पार्टीहरूमध्ये हाम्रो सबैभन्दा राम्रो सिद्धान्त छ । हाम्रो पार्टीको सिद्धान्त र आदर्शलाई देशव्यापी रूपमा बुझाउन आवश्यक छ,’ देउवाले भनेका छन् ।

काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउन सके बहुमत प्राप्त गर्ने पार्टीका रूपमा अघि बढाउन सकिने उनको भनाइ थियो ।

‘सबैभन्दा पुरानो पार्टी, राम्रो सिद्धान्त, आदर्श प्रजातान्त्रिक समाजवाद छ । समाजवादी पार्टी हो । त्यसलाई त्यसको शिक्षाहरूलाई अझ व्यापक रूपमा बुझाउन सके नेपालमा नेपाली काँग्रेस एउटा ठूलो पार्टी त छँदै छ, अझ बहुमत प्राप्त गर्न सक्ने पार्टी हुनसक्छ,’ देउवाले भनेका छन् ।

सभापति देउवाले आदिवासी जनजाति सबै जातजातिहरूलाई काँग्रेसमा समेट्न जरुरी रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति