नेभिगेशन
राजनीति

एमालेमा थपिए एक लाख ३९ हजार नयाँ सदस्य, कूल संख्यामा २८ प्रतिशतले वृद्धि

काठमाडौं- नेकपा एमालेको सोमबारदेखि सुरू केन्द्रीय कमिटी बैठक एक लाख ३९ हजार नयाँ सदस्य थपिएको विवरण प्रस्तुत गरिएको छ ।

सोमबार भएको छलफलमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई ‘निर्णायक राष्ट्रिय शक्ति’का रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढ्न पनि नेतृत्वलाई निर्देशन दिएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले थालेको सदस्यता अभियानका क्रममा हालसम्म देशभर १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन् । उनका अनुसार ती कूल सदस्यताको २८ प्रतिशत वृद्धि हो। ‘पार्टी थप मजबुत र क्रियाशील भएर अघि बढेको देखिएको छ,’ उनले भने ।

बैठकमा अध्यक्ष ओलीले ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल सीमाको विषयमा पनि विचार राखेको उनले बताए । ‘जसले जे धारणा राखे पनि निर्णय प्रक्रियामा एकमत देखियो,’ उनदले भने ।

अध्यक्ष ओलीले नेताहरूलाई अफवाह फैलाउने कार्य नगर्न र पार्टी सुदृढ बनाउन सबै लाग्नुपर्ने धारणा राखेको गौतमले बताए ।

बैठकमा पार्टी महासचिव शंकर पोखरेलले देशभरको सांगठनिक अवस्था र अभियानको प्रगति विवरण प्रस्तुत  गर्दैछन् ।

एमालेले आगामी भदौ २०–२२ गते काठमाडौंको गोदावरीमा विधान महाधिवेशन गर्ने तयारी गरिरहेको छ। यस बैठकलाई विधान संशोधन, सांगठनिक स्पष्टता, सदस्यता अभिवृद्धि र राजनीतिक रणनीति निर्माणको दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति