नेभिगेशन
राजनीति

एमालेमा वरिष्ठ उपाध्यक्ष हटाउने प्रस्ताव, उपमहासचिव घटाउँदा कोषाध्यक्षको जिम्मा सचिवलाई

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठकमा पदाधिकारी संख्या घटाउने प्रस्ताव गरिएको छ ।

विधान मस्यौदा समिति तयार पार्ने जिम्मा पाएका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पदाधिकारी संख्या घटाउने प्रस्ताव ल्याएका हुन् । प्रस्तावमा वरिष्ठ उपाध्यक्ष राखिएको छैन ।

प्रथम विधान महाधिवेशनबाट एमालेमा वरिष्ठ उपाध्यक्षको व्यवस्था ल्याइएको थियो । हाल उक्त पदमा ईश्वर पोखरेल छन् । तर अब वरिष्ठ उपाध्यक्ष पद नराख्ने प्रस्ताव गरिएको छ ।

उपाध्यक्ष, उपमहासचिव र सचिवको संख्या पनि घटाउने प्रस्ताव गरिएको छ । प्रस्तुत प्रस्ताव अनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव १ र सचिव ५ हुनेछ । ५ सचिवमा एउटा अर्थ सचिव हुनेछन्  ।

अहिले एमालेमा वरिष्ठ उपाध्यक्ष सहित सात उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिव छन् । पौडेल पौडेलले ल्याएको प्रस्तावमाथि सचिवालयका सदस्यहरुले धारणा राखिरहेका छन् ।

साथै, उनले केन्द्रीय कमिटीको संख्या १ सय ९९ बनाउने प्रस्ताव पनि अघि सारेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति