नेभिगेशन
राजनीति

विद्या भण्डारी राजनीतिमा आउने भन्ने विषय नैतिक प्रश्न, पार्टीमा प्रस्ताव आएको छैनः ओली

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउने विषयमा पार्टीमा कुनै प्रस्ताव नआएको बताएका छन्।

पत्रकार बिजयकुमार पाण्डेसँगको कुराकानीका क्रममा उनले यो संवैधानिक र कानुनी प्रश्न नभए पनि नैतिक प्रश्न बनेको बताए।

सचिवालयको बैठकअघि सार्वजनिक भएको अन्तरवार्ताका क्रममा ओलीले भनेका छन्,‘उहाँ दलभन्दा माथि, राज्यको नै प्रमुख पदमा बसीसकेका कारण नैतिक प्रश्न हो।’

यस विषयमा भण्डारीले आफूले सल्लाह नगरेको बताएका ओली भन्छन्,‘मौखिक र लिखित कुनै पनि प्रस्ताव आएको छैन। उहाँ आफैं राष्ट्रपतिमा जानुभएको होइन, हाम्रो उम्मेदवार हो। पार्टी छाड्नुअघि हाम्रो उपाध्यक्ष हो, उहाँ।’

उनले भने,‘उहाँले प्रश्न उठाएपछि, उहाँले आउनु हुन्छ कि हुँदैन, समाजमा के असर पर्छ पर्दैन भनेर उहाँलाई दिने सुझाव र निर्णय पार्टीले गर्छ। सल्लाह गरेर निर्णय हुनेछ।’

उहाँले आफैंले विचार गर्नुपर्ने भन्दै ओली जोड्छन्,‘हामीले पनि जानकारी प्राप्त गरेका छौं सार्वजनिक रुपमा, उहाँसँग हामी सोध्छौं र छिटै निर्णय हुन्छ।’

उनले थप जोडे,‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सक्ने अवस्था छैन। पहिलो त पार्टीले नै मानेको छैन। यो विषय गम्भिर छ, उपयुक्त निर्णय पार्टीले गर्छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति