नेभिगेशन
राजनीति

ओली भन्छन्– रविलाई नेपालमा चिनाएको हुँ, उनलाई छाड्दा मलाई के नोक्सान हुन्छ?

काठमाडौं– सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई छाड्दा आफूलाई केही घाटा नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। 

पत्रकार बिजयकुमार पाण्डेसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले भने,‘मेरो उद्योग बन्द हुन्छ? मलाई के घाटा हुन्छ?’

रविलाई नेपालमा आफूले टेलिभिजनमा कार्यक्रम दिएर चिनाएको दाबी गरेका ओलीले भने,‘मैले कसैलाई दबाब दिएर राख र नराख भन्न मिल्छ? म कसैलाई दबाब दिने मान्छे होइन। जसले जति गरेको छ, त्यसले त्यहिअनुसारको भोग्नु पर्ला नि?’

ओलीले भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझीको उदाहरण दिँदै ओलीले भने,‘टोपबहादुरलाई केपी ओली र शेरबहादुर देउवालाई थुनााएको हो?’

उनले रवि थुनिनुभन्दा अघि नै बक्तव्य तयार गरेर राखेको सन्दर्भलाई कोट्याउँदै उनले भने,‘यसो गरेपछि समाउन सक्तैन भनेर भिडिओ तयार गरेर राखेका रहेछन्।’

रविको प्रकरणमा देउवाको दबाब थियो भन्ने प्रश्नमा ओली भन्छन्,‘शेरबहादुर त्यति मसिनो कुरा दिमागमा राख्ने मानिस होइन, नेता होइन। मैले चिनेको शेरबहादुर त्यस्तो होइन।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति