नेभिगेशन
राजनीति

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल गरिँदै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बिहिवार दिउँसो १ बजे ललितपुरको केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

आजको बैठकमा नेकपा एमालेको विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल र निर्णयहरू हुने बताइएको छ । यसका साथै विधान संशोधन प्रस्तावका खाकाहरू पनि प्रस्तुत गरिने नेकपा एमालेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति