नेभिगेशन
समाज विविध

ललितपुरको यी क्षेत्रमा तीन रात टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध

काठमाडौँ । ललितपुरको पाटन क्षेत्रका विभिन्न स्थानमा तीन रात टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुने भएको छ । 

नेटवर्कको आन्तरिक मर्मत–सम्भार कार्य गर्नुपर्ने भएकाले तीन दिनसम्म रात्रिकालीन समयमा सेवा बन्द हुने दूरसञ्चार कार्यालय, पाटनले जनाएको छ । 

सूचनाअनुसार मर्मत कार्य चल्ने दिनहरूमा बेलुकी ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म एफटीटीएच अन्तर्गतका टेलिफोन, इन्टरनेट र टिभी सेवाहरू प्रभावित हुनेछन्।

साउन १ गते बिहीबार च्यासल, चाकुपाट, ज्वागल, पुलचोक र २ गते शुक्रबार जाउला खेल, एकान्त कुना खरीबोट, भनी मण्डल, सानेपा, धोबीघाट क्षेत्रमा सेवा प्रभावित हुने सूचनामा उल्लेख ।

516204385_736413115942233_9008114193820632074_n-1752647320.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध